
नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडमा तालाबन्दी गरिएको छ । ईन्द्रावती तेश्रो जल बिद्युत केन्द्रमा कार्यरत कर्मचारीहरुले बिभिन्न माग राख्दै ताला बन्दी गरेका हुन ।
ईन्द्रवती तेश्रो जल बिद्युत केन्द्रमा कार्यरत कर्मचारीहरुले विगत देखि खाइपाई आएको भत्ता तथा सुविधा कम्पनीको संञ्चालक समितिले मनोमानी ढङले कटौति गरेको भन्दै कर्मचारीहरुले तालाबन्दी गरेका हुन् ।
सरकारले बजेटमा सरकारी कर्मचारीको तलव भत्ता वृद्धि गर्दा कम्पनीले भने एकतर्फी रुपमा खाइपाई आएको भत्ता समेत कटौती गरेको आरोप कर्मचारीले लगाएका छन ।
संचालक समितिले नियतबश कर्मचारीको तलव भत्ता कटौती गरेको कारण बाध्य भएर आफुहरुले ताला बन्दी गर्ने कर्मचारीहरुले. जिकिर गरेका छन ।
कर्मचारीहरुले सरकारी कर्मचारीको तलव भत्ता वृद्धि भए सरह हुनु पर्ने माग गरेका छन । इन्दावती तेश्रो जल विद्युत केन्दमा कार्यरत स्थायी कर्मचारीहरुको स्वत एक तह बढुवा गरिनुपर्ने लगायतका मागहरु कर्मचारीहरुले अधि सारेका छन ।