२६ जेष्ठ २०७३, बुधबार

स्वयम्भु प्रहरीले खैरो हिरोइन सहित एक महिलालाई पक्राउ गरेको छ । उनको साथवाट प्रहरीले औषधिजन्य लागूऔषध समेत वरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुले काठमाडौ महावौद्धकी ५२ वर्षीय बसुन्धरा स्याङ्वो, श्रेष्ठलाई सार्वजनिक गरेको हो ।

काठमाडौ महानगरपालिका २२ गणवहालमा डेरा गरी बस्ने उनलाई प्रहरीले कोठावाटै नियन्त्रणमा लिएको हो । उनले डेरावाटै विभिन्न लागूऔषधहरु खरिद विक्री गर्दै आएको प्रहरीको भनाई छ ।

प्रहरीले उनको साथवाट खैरो हिरोइन १८ ग्रामका साथै एम्पुल नुफ्रिन, फेनारगन र डाइजेल्याब २ सय ३० थानका दरले कुल ६ सय ९० थान एम्पुुलहरु नियन्त्रणमा लिएको जनाएको छ ।

LIVE TV