२६ जेष्ठ २०७३, बुधबार

कुनै बेला अत्यधिक बन्जजन्तु चोरी÷सिकारीको घटना हुने गरेको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो दुई वर्षको अवधिमा चोरीसिकारी नियन्त्रणमा आएको निकुञ्जको दावी छ । निकुञ्ज र नेपाली सेनाको संयुक्त प्रयासका कारण बन्यजन्तु चोरी सिकारी नियन्त्रणमा आएको बताइएको छ ।

निकुञ्ज र नेपाली सेनाको श्रीजंग गणले आगामी दिनमा पनि शुन्य चोरीसिकारीलाई निरन्तरता दिने प्रयासस्वरुपसंयुक्त संरक्षण अपरेशन सुरु गरेका छन् । जसका लागि गण र निकुञ्जले संयुक्त अपरेसन कक्षको समेत स्थापना गरेका छन् ।

यससँगै निकुञ्जमा हुने चोरी सिकारी सदाका लागि नियन्त्रणमा आउने अपेक्षा गरिएको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले कर्मचारी र स्थानीय समुदायसँग मिलेर काम गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।

निकुञ्जका अधिकारीहरुले पनि नेपाली सेनाको साथ र समुदायको समर्थनका कारण नै चोरी सिकारीमा उल्लेख्य सफलता पाएको बताएका छन् । आगामी दिनमा अपरेसनलाई अझ सशक्त बनाउने उनीहरुको प्रतिवद्धता छ ।

निकुञ्जमा हुने चोरी सिकारी नियन्त्रण गर्न सामुदायिक वन र पर्यटन व्यवसायीको पनि साथ रहेको छ ।

चोरी सिकारी नियन्त्रणका लागि सीसी क्यामरा, ड्रोन गस्ती, मोटरसाइकल गस्ती लगायतका काम निकुञ्ज र नेपाली सेनाले संयुक्तरुपमा गरिरहेको  श्रीजंग गणका गणपती माधव थापा बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको संरक्षणका लागि नेपाली सेनाको ४१ वटा र निकुन्जको ३६ वटा पोष्ट छन् ।

 

LIVE TV