२६ जेष्ठ २०७३, बुधबार

उद्योगी सुरेश कुमार केडियाको अपहरणमा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यलय परिसरमा पत्रकार सम्मेलन गरी अपहरणमा संलग्न ५ जनालाई सार्वजानिक गरेको हो ।

अपहरणमा संलग्न महागढीमाई नगरपालिका बरियारपुर वडा नं. २ का बिरेन्द्र यादव, सोही स्थानका पुष्कर कुमार चौधुर, कवहीका चन्चल पाण्डे, जियालाल यादव र इनर्वाका अर्का जियालाल यादवलाई प्रहरीले सार्वजानिक गरेको छ ।

अपहरणको योजना करिब १ महिना पहिले देखि नै गरेको मध्य क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक पशुपति उपाध्यायले जानकारी दिनुभयो ।

चन्चल पाण्डेले त्यस बेला भारतको बिहार स्थित मोतिहार जेलमा रहेका बब्लु दु्बेसँग उद्योगी केडियालाई अपहरण गराउँनका लागि योजना बनाएको र अन्यसँग भने सहयोग लिएको अनु्सन्धानबाट खुलेको उपाध्यायले बताउनुभयो ।

जेष्ठ १३ गते विहिवार बेलुका महागढीमाई नगरपालिका वडा नं.१ पसाह खोलाको पुलबाट अपहरणमा परेका बीरगंज खाद्य उद्योगका संचालक सुरेश केडिया केही दिन पहिला भारतको मोतिहारीबाट अपहरणमुक्त भएका थिए ।

 

LIVE TV