२६ जेष्ठ २०७३, बुधबार

आम नागरिकका  लागि सरकारले निशुल्क वितरण गर्ने ७० प्रकारका औषधि गुणस्तरहीन भएको  आरोपप्रति स्वास्थ्य मन्त्रालयले छानविन गर्ने भएको छ । स्वदेशी र भारतीय कम्पनिबाट टेन्डर मार्फत खरिद गरेको औषधि जाँच गर्ने प्रक्रियामा त्रुटी भएको हुन सक्ने मन्त्रालयको भनाई छ ।

सरकारले  बर्षेनी नागरिकलाइ निशुल्क दिने औषधिको लागि २ अर्ब रुपैइा छुट्याउने गरेको छ । नागरिकले पनि सरकारले निशुल्क वितरण गरेको औषधिलाई आँखा चिम्लेर बिश्वास गर्ने गरेका छन् ।

बिडम्बना सरकारले निशुल्क वितरण गर्ने ७० प्रकारका औषधिमा धेरै औषधि गुणस्तरहीन भेटिएको छ । औषधि गुणस्तरहीन भएको विषयमा स्वास्थ्य मन्त्रालयले निकै गैरजिम्मेवार प्रतिक्रिया दिएको छ ।

नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने औषधिको गुणस्तरका बारेमा मन्त्रालयले ‘गुणस्तर जाँचमा त्रुटी भएको हुन सक्ने’ भन्ने सामान्य टिप्पणी गर्नु लज्जाको विषय हो ।   स्वास्थ्य मन्त्रालयले टेन्डर मार्फत औषधि खरिद गरिसके पछी औषधि ब्यबस्था बिभागमा औषधिको गुणस्तर जाँच गर्ने गर्दछ तर औषधिको जाँच गर्ने प्रयोगशाला नै ब्यबस्थित नभएको स्वास्थ्य मन्त्रलायको भनाइ छ ।

सरकारले अरबौ बजेट खर्चिएर खरिद गरेको  औषधि गुणस्तरहिन हुनु शंकास्पद बिषय हो । र हरेक नागरिकलाइ निशुल्क स्वास्थ्य उपाचारको नारा घन्काएको सरकारले औषधिको गुणस्तरलाई बेवास्ता गर्नु अपराध हो ।

 

LIVE TV