२६ जेष्ठ २०७३, बुधबार

असार महिना सुरु भएसंगै किसानहरु खेतबारीमा व्यस्त छन् । धेरै किसान धानको जातको धान रोप्ने भन्ने अन्यौलमा छन् । धेरैले भने साविक कै बिऊबिजन प्रयोग गर्ने तयारी गरिरहेका छन् ।

मानो रोपेर मुरी फलाउने समय भएकाले मकै गोड्ने, चैते धान गोड्ने र बाजो खेत जोतेर राख्ने काममा किसानहरु व्यस्त रहेका छन । किसनलाई लक्षितगरी जिल्ला कृषि विकास कार्यालयले तनहुँले  मकवानपुरे, सावित्री, रामधान, सुख्खा २, सुख्खा ३ र सुख्खा ५ धानको विउका रुपमा  वितरण गरेको छ ।

आजभोली तनहुँका किसानको दैनिक प्राय खेतमा नै बित्ने गरेको छ । सिंचाईको अभाव नियमित समस्या भएका कारण आकाशे पानीको भरमा भएपनि रोपाईको चाँजोपाँजो मिलाउन थालेका छन् ।

यता कृषि सामग्री कम्पनी लिमिटेड तनहुँ उपशाखाले प्राविधीक गड्वढी नभए किसानले सजिलै संग मोल पाउने जनाएको छ ।

यस बर्ष जिल्ला कुषि विकास कार्यालय तनहुँले नयाँ र पुरानो विउको रुपमा दुई सय टन विउ तनहुँमा भित्रिएको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ ।

तनहुँमा १६ हजार १ सय पन्चानब्वे हेक्टर जमिनमा धानको खेती हुदै आएकोमा चैते धान ३ हजार ६ सय पन्चानब्बे र बर्खे धान १२ हजार ५ सय हेक्टर जमिनमा खेति हुदै आएको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ ।

 

LIVE TV