२६ जेष्ठ २०७३, बुधबार

nepse h1

बुधवार नेप्से परिसुचक १५ दशमलव ३१ अंकले बढेको छ । बुधवार सेयर बजार १ हजार ५ सय ४६ दशमलव ८० अंकमा पुगेर बजार कारोवार भएको छ ।

बुधवार बीमा समुहको परिसुचक सबैभन्दा बढी अंकले बढेको छ । बीमा समुह ३ सय ८७ दशमलव २ अंकले उकालो लागेको हो ।

त्यस्तै उत्पादन समुह २५ दशमलव ९४,विकास बैंक १० दशमलव ८३ र जलविद्युत ९ दशमलव २३ अंकले बढेको छ । त्यसैगरी फाइनान्स ३ दशमलव ६ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २ दशमलव ८२ अंकले उकालो लागेको छ ।

यता होटल समुहको परिसुचक भने २७ दशमलव ९१ अंकले घटेको छ । सो दिन १ सय ३४ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १६ लाख ५२ हजार कित्ता सेयरबाट १ अर्व २९ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV