
नेपाललाई डिजिटल शिक्षामा आत्मनिर्भर बनाउने अभियान बुधबारबाट सुरु भएको छ । शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले डिजिटल शिक्षामा आत्मानिर्भर बनाउने अभियानको शुभारम्भ गर्नुभएको छ ।
कुल टेक्नो ल्याब एण्ड रिसर्च सेन्टरले बुधबारदेखी यो अभियान देशव्यापी रुपमा संचालन गरेको हो । कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले सेल्फ डिपेनडेन्ट नेपाल फर टेक्नोलोजी इन एजुकेशनको राष्ट्रिय सम्मेलन, स्मार्ट स्कुल एप, शैक्षिक समाग्रि ट्यावलेटको सुभारम्भ गर्नुभएको छ ।
मन्त्री पोखरेलले डिजिटल शिक्षाका लागी देशभरका बिद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने योजनालाई सरकारले प्रथामिकतामा राखेको बताउनु भयो ।
कुलल्याबका अध्यक्ष शुसिलदेब भट्टराईले सार्वजानिक गरिएका ऐपले बिद्यार्थी, अभिभावक र शिक्षक बिच एक प्रकारको अन्र्तक्रियात्मक सञ्जाल स्थापित गर्न सहयोग पुग्ने बताउनु भयो ।
उहाँले फेसबुक जस्तै गरी शैक्षिक ऐप प्रयोग गरि बिद्यार्थीले अध्ययन गर्न सकिने जानकारी दिनु भयो ।
कुलल्याबका हालसम्म नेपालमा डेढ लाख विद्यार्थी तथा शिक्षकहरु प्रयोगकर्ता छन् ।
१७ देशमा ६० देखी ७० हजार प्रयोगकर्ताछन । अमेरिका, भारत भुटान, फिलिपिन्स, भुटान,सुडान म्यानमार लगायतमा देशमा हाम्रो सफ्टवयर प्रयोगमा छ ।