२६ जेष्ठ २०७३, बुधबार

यही जेठ २८ गते देखि राजधानीको भृकुटीमण्डपमा दशौ शैक्षिक मेला हुने भएको छ ।

नेपाल शैक्षिक परामर्श सघको आयोजनामा हुन लागेको मेलामा शैक्षिक सामाग्रीहरुको प्रर्दशनी तथा शैक्षिक गतिविधिहरुको सचालन हुने आयोजकले जनाएको छ ।

शैक्षिक परामर्श सघ इक्यानले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी पूरा भएको जनाएको छ । नेपाली बिद्यार्थी तथा अभिभावकहरुलाई लक्षित गदै आयोजन गर्न लागिएको आयोजकले जनाएको छ ।

मेलामा शैक्षिक परामर्श ब्यवसायी, विद्यालय, शैक्षिक सस्थाहरु, बिदेशी शैक्षिक संघ सस्थाहरुको सहभागिता रहने भएको छ । मेलामा बिश्वमा प्रशिद्ध बिश्वबिद्यालय, शैक्षिक सस्थाका प्रतिनिधिहरुले आधुनिक शिक्षाको बिषयमा प्रवचन तथा प्रचार प्रसार गर्ने बताइएको छ ।

जेठ २८ गते देखि ३१ गते सम्म सचालन हुने मेलामा देशभरका शैक्षिक परामर्शदाता सस्थाहरु सहभागी हुने आयोजकले जनाएको छ ।

 

LIVE TV