२६ जेष्ठ २०७३, बुधबार

भुक्षयको जोखिम भएको भन्दैसेउती खोलामा ठेगेदार कम्पनीले मनोमानी रुपमा स्काभेटर प्रयोग गरिहँदा समेत सम्बन्धित निकाय मौन वसेको स्थानीयले आरोप लगाएका छन् ।

स्काभेटर प्रयोग रोक्न धरानका स्थानीयहरुले जिल्ला विकास समिति र ठेकेदार कम्पनीलाई आग्रह गरेका छन् ।

सेउती खोलामा स्काभेटर प्रयोग गरी उत्खनन गर्ने कार्यको विरोध हुँदै आएपनि जिल्ला विकाश समिति सुनसरी र ठेकेदार कम्पनीले यसको वेवस्ता गरेका हुन् । आग्रह बमोजिम स्काभेटर प्रयोग नरोकिए आफैं बिरोधमा उत्रिएर प्रयोग गर्न नदिने चेतावनी समेत स्थानीयले दिएका छन् ।

तर जिल्ला विकास समितिले दिएको ठेक्का अनुसार ठेकेदारले पुर्वतर्फ रहेको पानवारी सामुदायिक वन उपभोक्ता समूह र बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले संरक्षित गरेको क्षेत्रमा रहेको खोलामा उत्खनन् गरिरहेको छ ।

अझै बुधबारदेखि ठेकेदारले प्रहरीको निगरानीमै स्काभेटर प्रयोग गरि उत्खनन गरिरहेको भन्दै स्थानीय आक्रोषित भएका छन् । वन नियमावली २०५१ अनुसार सामुदायिक वन क्षेत्रमा चट्टान, माटो, ढुङ्गा, गिटी, बालुवा आदि निकाल्न वा ओसार पसार गर्न नमिल्ने उल्लेख गरेको छ ।

जिल्ला विकास समिति सुनसरी र ठेकेदार कम्पनी जय श्री पाथीभरा ट्रेड एण्ड सप्लायर्स इटहरीबीच भएको ठेक्का सम्झौतामा पनि नदीलाई तीन भागमा विभाजन गरी बीचको भागबाट गहिराई औषतमा शुन्य दशमलव सात पाँच मिटर भन्दा बढी नहुने गरि मात्र उत्खनन गर्न पाइने उल्लेख छ । तर ठेकेदारले स्काभेटर प्रयोग गरि २ मिटर भन्दा बढी खाल्डो बनाईसकेको छ ।

LIVE TV