२६ जेष्ठ २०७३, बुधबार

पूर्वाञ्चलका उद्योगी व्यवसायीहरुले राजनैतिक दलका नेताहरुलाई राजनैतिक खिचातानीमा लाग्नु भन्दा आर्थिक एजेण्डामा छलफल र बहस गर्न आग्रह गरेका छन् ।

विराटनगरमा उद्योग संगठन मोरङको ४४ औं साधारण सभाका वक्ताहरुले मुलुक चरम आर्थिक संकटमा परिरहेको बेला राजनैतिक दलका नेताहरु अझै राजनैतिक अस्थिरता कायम गर्न उद्यत रहेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

उद्योगी व्यवसायीहरुले अहिले श्रम समस्या र शान्ति सुरक्षा भन्दा पनि उर्जा संकट ज्यादा व्यहोर्नु परेको गुनासो पनि गरे ।

उद्योग संगठन मोरङका कार्यवाहक अध्यक्ष मुकेश उपाध्याय, मोरङ व्यापार संघका अध्यक्ष पवन शारडा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुशिल धनावत लगायतका उद्योगी व्यवसायीहरुले तत्काल उर्जा संकट हटाउन सरकारले पहल गर्नुपर्ने बताए।

कार्यक्रममा उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजय गच्छेदारले मुलुक राजनैतिक अस्थिरताका कारण आर्थिक विकासमा धेरै पछाडि परेका स्वीकार्नु भयो । उहाँले राजनैतिक दलका नेताहरु सचेत र सजग हुनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।

 

LIVE TV