२६ जेष्ठ २०७३, बुधबार

deuba

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संविधानको कार्यान्वयनलाई बेवास्ता गरेर राज्यको ढुकुटी दुरुपयोग गर्नमा केन्द्रीत भएको आरोप लगाउनुभएको छ ।

संखुवासभाका एकै परिवारका तीन जना सगरमाथा आरोहीको सम्मान प्रदान आयोजित कार्यक्रममा  काँग्रेस सभापति देउवाले जारी भएको ८ महिना वितिसक्दा पनि प्रधानमन्त्री ओलीले संविधानको कार्यान्वयनलाई पूरै उपेक्षा गरेको बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनप्रति गम्भिर हुनुको साटो प्रधानमन्त्री ओली घरघरमा ग्याँसका पाइप लाइन पु¥याउने तथा रेल र पानीजहाज चलाउने झुटा आश्वासन बाँड्नमा सीमित भएको आरोप पनि लगाउनुभयो ।

काँग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीमाथि राज्यको सम्पतिलाई पार्टीको जस्तो सम्झेर दुरुपयोग गरेको आरोप समेत लगाउनुभयो ।

दाताहरुले दिएको रकम खर्च गर्न नसकेपछि प्रधानमन्त्री ओलीले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणमा पार्टी समर्थित एनजीओहरुमार्फत राज्यकोषको दुरुपयोग गर्न खाजेको आरोप देउवाको छ ।

सभापति देउवाले पुनर्निर्माणको नाममा राज्यकोषको दुरुपयोग रोक्नका लागि काँग्रेसले जस्तोसुकै कदम चाल्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा संखुवासभाको मकालु गाविसका एकै परिवारका सगरमाथा आराहीहरु लाक्पा शेर्पा, मिङ्मा गेलु शेर्पा र मिङमा किपा शेर्पालाई सम्मान गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV