२६ जेष्ठ २०७३, बुधबार

वीरगन्ज, मातृ शिशु पोषणमा सुधार ल्याउने उद्देश्यले सञ्चालित “सुनौला हजार दिन” पोषणका लागि समुदायको क्रियाशीलता आयोजना पर्सामा प्रभावकारी हु“दै गएको छ ।

जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको अनुगमन तथा मूल्याङ्कन टोलीले पर्साका विभिन्न गाविसमा सञ्चालित उक्त आयोजनाको स्थलगत निरीक्षण गर्दा स्थानीयवासीले प्रजनन् उमेर पुगेका महिला तथा दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउने अभियानमा सक्रियताका साथ लागेको पाइयो ।

पोषण कार्यक्रममा दिगो प्रगति सुनिश्चित गर्न एक सय दिनमा सम्पन्न भई लक्ष्य प्राप्ति हुने रु एक लाखदेखि तीन लाखसम्मका स–साना कार्यक्रमलाई आयोजनाले विशेष प्राथमिकता दिएको छ ।

समाजमा विद्यमान गरिबी र विपन्नताका कारण बालबालिका दीर्घ कुपोषणबाट ग्रसित भइरहेको परिप्रेक्षमा मातृशिशु पोषणको स्थितिमा सुधार ल्याउन सरकारले सुनौला हजार दिन कार्यक्रम ल्याएको हो ।

सुनौला हजार दिन भन्नाले महिला गर्भवती भएको दिनदेखि बच्चाको दुई वर्ष उमेरसम्मको अवधि जनाउँछ । उक्त अवधि पोषण सुधारका लागि उत्तम समय मानिन्छ ।

अनुगमनका क्रममा स्थानीयवासीले यो कार्यक्रमबाट जनतामा मातृ शिशुलाई पोषणयुक्त खानेकुरा खुवाउनेप्रतिको चासो एवम् उत्साहमा वृद्धि भएको, शिक्षा र स्वास्थ्यप्रति चेतना जागेको र आफ्नै घरआँगनमा पोषणयुक्त खानेकुराको उत्पादन गर्ने क्षमतामा विकास भएको बताए ।

बसडिलवा—५ मुसेलीका कुन्तीदेवी र गिरधारी महतोले गाविसमा देखिएको कुपोषण न्यूनीकरणमा यो आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा खुसी व्यक्त गर्दै बच्चाको मस्तिष्क विकासमा उल्लेखनीय योगदान पु¥याउन यस्ता महत्वपूर्ण कार्यक्रममा निरन्तरता दिइने बताउनुभयो ।

सो अवसरमा पर्साका स्थानीय विकास अधिकारी एवम् जिल्लास्तरीय अनुगमन टोलीका संयोजक विश्वप्रकाश अर्यालले प्रर्याप्त पोषण तत्वको अभाव भएमा शारिरीक वृद्धि, मस्तिष्क विकास र भविष्यमा मानवीय पु“जी निर्माणमा प्रत्यक्ष असर पर्ने भएकाले यो कार्यक्रमलाई जिल्लाभरि अभियानको रुपमा लग्नुपर्नेमा जोड दिँदैं गर्भवती भएको दिनदेखि बच्चाको दुई वर्ष उमेरसम्मका अवधिपश्चात् पोषणमा सुधार गर्न अत्यन्त कठिन हुने भएकाले यो समयमा पोषणयुक्त खानेकुरा खानुपर्ने आवश्यकता रहेको छ भन्नुभयो ।

खाद्य सुरक्षा सुनिश्चितता गर्न, सरसफाइसम्बन्धी सेवामा जनताको पर्याप्त पहु“च बढाउन, दीर्घ कुपोषणको समस्या समाधान गरी पोषणको स्थितिमा सुधार ल्याउन तथा जीवनको पहिलो हजार दिनमा अवलम्बन गर्नुपर्ने उपायको बारेमा जानकारी गराउने उद्देश्यका साथ यो कार्यक्रम लागू भएको हो, जिविस पर्सा, सुनौला हजार दिन कार्यक्रमका स्रोतव्यक्ति शम्भुप्रसाद कुशवाहाले भन्नुभयो— “मातृ शिशु पोषणमा सुधार ल्याउनका लागि यो कार्यक्रमले हाम्रो सामाजिक धारणा र परम्परामा सकारात्मक सुधार ल्याएको छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतलप्रसाद महतोले कुनै पनि व्यक्तिको जीवनको पहिलो हजार दिन अत्यन्त महत्वपूर्ण रहेकाले उक्त समयमा स्वस्थ्य रहनका लागि पोषणयुक्त खानेकुरा खानुपर्नेमा जोड दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV