२६ जेष्ठ २०७३, बुधबार

काठमाण्डौं महानगरपालिकाको प्रयासमा उपत्यकाबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा, पहिलो नमूना परियोजना सफल हुने महानगरपालिकाको विश्वास ।
फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । काठमाण्डौ महानगर पालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बायोग्यास निकाल्नका लागि मेसिन ल्याउने तयारी भएको छ ।

biogas
भारतबाट मेसिन आइपुग्ने बित्तिकै कामको सुरुवात हुने महानगर पालिकाले जनाएको छ । असारको पहिलो साता बायोग्यास उत्पादन गर्ने मेसिन नेपाल आइपुग्ने छ । काठमाण्डौं महानगर पालिका वडा नम्बर २१, १२, १९ र २० छुट्याएको कुहिने र नकुहिने फोहरबाट दैनिक तीन टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने तयारी महानगरको छ । बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलोे नमुना परियोजना हो । यो योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने महानगर पािलकाले जनाएको छ । पछिल्लो समय फोहरको उचित व्यवस्थापन गरी सहरलाई फोहरबाट मुक्त गर्न लागिएको होे । दिगोरुपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भइरहेको महानगर पालिकाले जनाएको छ ।
महानगर पालिकामा कुहिने र नकुहिने गरी दैनिक ४ सय ५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV