२६ जेष्ठ २०७३, बुधबार

फिल्म ‘मरीना’को उत्कृष्ट कभर गीत गाउनेलाई फिल्ममा अबसर मिल्ने भएको छ । फिल्म ‘मरीना’को निर्माण पक्षले प्रचार प्रसारको नयाँ शैली अपनाउँदै उक्त कभर गीतलाई प्रतियोगीताको रुपमा सार्वजनीक गरेका हुन् ।
निर्माण टिमले फिल्मको एक गीत प्रतियोगीताको लागी भन्दै सार्वजनिक गरेका छन् । कभर गीतको प्रतिस्पर्धाको लागी सार्वजनिक गरिएको उक्त गीतलाई ‘र’ फाईलको रुपमा लिईएको छ, भने उक्त गीत गाएर युट्युवमा अपलोड गर्नेहरु मध्येको उत्कृष्ट स्वरलाई फिल्ममा समावेश हुने र सोही गीत नै गाउने अन्तिम मौका दिईने बताईएको छ ।
“पुरस्कारमा धनराशी राख्दा त्यो पैसा यत्तिकै खर्च हुनसक्छ, तर फिल्ममा नै गायनमा मौका दिईयो भने सांगीतिक क्षेत्रमा लाग्न चाहनेहरुको लागी थप उर्जा मिल्नसक्छ”भन्ने निर्माता रतन थापाको भनाई रहेको छ । गीतलाई जुलाई ३० सम्ममा युटुबमा अपलोड गरिसक्नुपर्ने छ । नायक आर्यन सिग्देल र गौरब पहारीले पनि प्रतिभावान संगीत पारखिहरुलाई गीत गाएर स्टार बन्न आग्रह गरेका छन् ।
फिल्म सञ्चारकर्मी श्याम अर्यालको प्रस्तुतीमा बन्न लागेको हो । फिल्मको नाम नैे मरीना रहेकोले फिल्म महीलाप्रधान रहेको मानिन्छ । महीला प्रधान फिल्म ‘मरीना’मा आर्यन सिग्देल,गौरब पहारी र बर्षा रावत लीड कलाकारको रुपमा फाईनल भएका छन् ।

feature
त्येसोत लिड नायिकामा प्रियंका कार्की र वर्षा राउतको नाम चर्चामा आईरहेको थियो, तर प्रियंका कार्कीको डेट नमिले पछि बर्षा राउत फाईनल भएकी हुन् । फिल्मलाई अनुप गिरीले निर्देशन गर्दैछन् भने निर्माण टिममा सह निर्माताको रुपमा राजेश थापा छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV