२६ जेष्ठ २०७३, बुधबार

१. न्यायधीश अभावमा ‘संसदीय सुनुवाई’ सम्बन्धि रिटको सुनुवाई अनिश्चित, संसदीय सुनुवाई समिति १५ सदस्य बनाउने की ७५ भन्नेमा विवाद कायमै ।

२. पहिरो खसेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक आज बिहानदेखि खुल्यो, बाटो खुलेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा अहिले गाडीको चाप ।
३ राष्ट्रहीत र आर्थिक सम्वृद्धिका मुद्दामा पक्षविपक्षमा उभिने सांसदहरु आफ्नो सेवा सुविधा वृद्धिमा एकमत, जनतालाई भूलेर सांसदहरु भत्ता बढाउन सक्रिय ।
४ कोपा अमेरिका फुटबलमा आयोजक अमेरिकाद्धारा कोष्टारिकामाथि चार शून्य गोलको शानदार जीत, पहिलो खेल हारेको अमेरिका समूह एको शीर्ष स्थानमा उक्लियो
५ र, अमेरिका र भारतबीच सुरक्षा तथा आपसी सहयोगबारे महत्वपूर्ण सम्झौतामा हस्ताक्षर, चरमपन्थी आक्रमण विरुद्ध एकजुट भएर लाग्ने सहमति ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV