नारायणगढ–मुग्लिन सडकखण्ड बिहानदेखि सञ्चालनमा



प्रकाशित मिति : Jun 08, 2016

gulmi-road1रत्ननगर (चितवन), २६ जेठ । पहिरोका कारण बन्द रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड  बिहानदेखि सञ्चालनमा आएको छ ।

राति १२ बजे वर्षासँगै खसेको पहिरोका कारण बन्द भएको सडक बिहान ३ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उक्त खण्डअन्तर्गत चण्डिभञ्याङ–६ स्थित कालीखोलामा खसेको पहिरो डोजरको सहयोगमा पन्छाएपछि बिहानदेखि बाटो खुला भएको हो । राति रोकिएका गाडी बिहान गन्तव्यतर्फ लागेका छन् ।

यसअघि पहिरोका कारण उक्त सडक मङ्गलबार पटकपटक बन्द हुन पुगेको थियो । नारायणगढ–मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले सामान्य पानी पर्दा पनि विभिन्न क्षेत्रमा पहिरो गएर अवरुद्ध हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com