२६ जेष्ठ २०७३, बुधबार

Indian-Flag-700x465बुढेसकालको एक्लो जीवन धर्म माता–पिता दुवैको आवसानपछि यता न उताको भएका एकजना चर्चित व्यक्ति यतिबेला गुमनाम जिन्दगी बिताउँदै छन् ।

खगनाथ अधिकारी डिसिएम नियुक्त भएर जानुअघि दुर्गेशमान सिंहको राजदूतकालमा उनले ८ महिना सेकेण्डम्यानको क्वार्टरमा बिताए ।

अहिले फेरी ४ महिनादेखि सुब्बाको निवासमा बास छ । त्यो पदमा एउटी महिलाको नियुक्ती भइसक्यो । अमृत लोप्चन युनाइटेड अरब इमिरेट्स सरुवा भएपछि खाली क्वार्टरमा बस्दै आएका उनलाई अब कहाँ सार्ने ? समस्या छ ।दिपकुमार उपाध्ययले फिर्ता हुने सरकारी आदेश प्राप्त हुनासाथ भने पनि ‘दाइ म जान लागें । तपाईंको टिकट नै काटिदिन्छु फर्कौं ।’ तर मानेनन् ।

बिहान अटो रिक्सा बढेर बाहिर निस्कन्छन् । एक झोला तरकारी र पाउरोटी किनेर त्यसैगरी रिक्सा चढी क्वार्टरको ढोकासम्म आउँछन् र दिनभरी धुम्धुम्ती कोठाभित्र बस्छन् । उमेर भयो ७५ । आफैं पकाउँछन् । शौचालय, भान्सा चिटिक्क हुनेगरी सफा राख्छन् । कोही मनत्री आउँदा हुने रात्री भोजमा दूतावासले बोलाए गएर २/३ पेग लगाई पनि हाल्छन् । के–को लोकतन्त्र ? भनिहाल्छन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

LIVE TV