

आआफ्ना तर्कलाई बल दिने अन्तर्राष्ट्रिय कागजात, कानुनी नजिरसाथ गएका उनीहरु बहसमा उत्रन भने पाएनन्। अदालतले उक्त मुद्दामाथि मंगलबारका लागि तय गरिएको सुनुवाइ स्थगनको सूचना टाँसेपछि उनीहरु फर्किए। पौडेलको निवेदन स्थगित भएको यो दोस्रो पटक हो भने बानियाँको पहिलो पटक।
जेठ ११ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिसविरुद्ध परेको मुद्दाको विरोधमा जेठ २० गते बानियाँले अर्को मुद्दा दायर गरेपछि अदालत अन्योलमा परेको विश्लेषण गर्न थालिएको छ।
एउटै विषय तर विपरित मागमा दुई कानुन व्यवसायी बहस गर्न आएपछि सर्वोच्च एकल इजलास गठन नगरी सुनुवाइ स्थगनको सूची प्रकाशित गर्न बाध्य भएको आंकलन कानुनी र्वत्तमा छ।