इस्लाम धर्माबलम्बीहरुको पवित्र महिना रमदान आजदेखि सुरु



प्रकाशित मिति : Jun 07, 2016

सुर्योदयदेखि सूर्यास्तसम्म पानी समेत नपिई इस्लाम समुदाय कडा ब्रत बस्दै

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदान आजदेखि सुरु भएको छ । रमदानका बेला बिरामी, बुढापाका, बच्चा र गर्भवती महिलाबाहेक सबैजना दिनभर व्रत बस्छन् ।

रोजा अवधिभर बिहान सबेरैदेखि सूर्यास्त नहुन्जेलसम्म खान, पिउन, धुमपान गर्न, मनोरन्जनात्मक क्रियाकलाप गर्न निषेध गरिएको हुन्छ ।

त्यो समयमा गैर इस्लाम समुदायले पनि सार्वजनिक ठाँउहरुमा खान, पिउन, धुमपान गर्न, रेष्टुरेन्टहरु खुला गर्न, मनोरन्जनात्मक क्रियाकलाप गर्न पाउँदैनन् ।

त्यसैले साउदी अरब, कुवेत, कतार, युएई, ओमान, बहराइनलगायतका इस्लामिक देशमा कार्यरत नेपाली कामदारले यो नियमको ख्याल गर्नुपर्छ ।

तोकिएको ठाँउमा वा कोठा बन्द गरेर भने खानपिन र धुमपान गर्न सकिन्छ । आफूले लगाउने कपडामा पनि ध्यान दिनुपर्छ । धेरै खुल्ला वा शरीरमा टिमिक्क हुने कपडा लगाउन पाइन्न ।

कसैले जानेर वा नजानेर रमदानको नियम उल्लंघन गरेमा एक महिना कैद वा नगद जरिवाना वा स्वदेश फर्कनुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com