२५ जेष्ठ २०७३, मंगलवार

दैनिक प्रयोगमा आउने प्लाष्टिकको बोटल प्रयोग गर्न निकै सजिलो छ । तर एक पटक प्रयोग गरि जताततै प्mयाल्नाले त्यसबाट बातावरण प्रदुषित हुने गरेका छन् ।

तर त्यसरी फालिएका प्लाष्टिकका बोटललाई धरान २० का कृष्ण राईले भने तरकारीको थोपे सिचाईको लागि प्रयोग गर्नुभएको छ । यसले वातावरणलाई स्वच्छ राख्नुका साथै आम्दानीको स्रोत समेत बनेको छ ।

फालिएका विभिन्न पेय पदार्थका यी बोटलहरुलाई सुनसरी धरान उपमहानगरपालिका २० का कृष्ण राईले आफनो कृषि फर्ममा थोपे सिचाईकोलागि प्रयोग गर्नुभएको छ । स्लाईन पानीको बोटलमा प्रयोग गरिने प्लाष्टिकको सानो पाईपबाट तरकारी तथा अन्य बोट विरुवामा थोपा सिचाई गर्ने गर्नुहुन्छ ।

दैनिक पानी थापेर विरुवामा लगाउनुको साटो उहाँले जम्बो प्लाष्टिकको बोटलमा पानी भरेर थोपा थोपा विरुवामा चुहाएर थोपा सिचाई गर्नुभएको छ । यसरी सिचाई गर्दा समयको बचत हुनुका साथै पानीको समेत बचत हुने उहाँको भनाई छ ।

वातावरण नै विग्रिने गरि प्लाष्टिकका बोटलहरु जथाभावी फाल्ने वा जलाउँने परम्परा विपरित १८ बर्ष देखि व्यावसायिक कृषि फर्म खुलेर व्यावसाय गर्दे आउनुभएका कृष्ण राईले भने यस्ता बोटलहरुको सिंचाई कार्यमा सदुपयोग गर्दै आउँनुभएको हो । एउटा बोटलको पानीले दुई दुईवटा गमलामा र विरुवालाई सिचाई पुग्ने उहाँले बताउनुभयो ।

प्लाष्टिकका बोटलहरुको व्यावस्थापनमा चुनौती भईरहेको अवस्थामा कृष्ण राईको यो प्रयास नमुना भएको छ । उहाले यही प्रविधि अर्थात प्लाष्टिकको बोटलबाट विरुवामा थोपे सिचाई गर्नुको साथै यसै माध्यमबाट विरुवालाई चाहिने आवश्यक पौष्टिक तत्व पनि लगाउनुहुन्छ । थोपा सिचाई सम्वन्धी जानकार उहाँ आफैले यो विधि विकास गर्नुभएको उहाँले बताउँनुभयो ।

१८ वर्ष सम्मको निरन्तर कृषि कर्मले नया नया प्रयोगहरु सिकाएको उहाको अनुभव छ । प्लाष्टिकको बोटलवाट गरिने थोपे सिचाईले सिंचाई कुलो नपुगेको  ठाउमा समेत मज्जाले यो प्रविधिवाट तरकारी उत्पादन गर्न सकिने उहाको दावी छ ।

 

LIVE TV