२५ जेष्ठ २०७३, मंगलवार

काठमाडौँ, चीनको साउथइस्ट युनिभर्सिटी (सेउ) को ११४ औँ स्थापना दिवसका अवसरमा पहिलो पटक नेपाली विद्यार्थी डा तेज्सु सिंह मल्ललाई ‘आउट स्ट्यान्डिङ स्टुडेन्ट’ अवार्ड प्रदान गरिएको छ ।

करिब ३२ हजार विद्यार्थी रहेको उक्त युनिभर्सिटीमा नेपाली विद्यार्थी उत्कृष्ट भएका हुन् । सोमबार आयोजित कार्यक्रममा उहाँलाई उक्त अवार्डबाट सम्मान गरिएको थियो । उक्त युनिभर्सिटीमा १०० मुलुकका करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

उहाँ युनिभर्सिटीमा अन्तर्राष्ट्रिय विद्यार्थी सद्भावनादूतका साथै अन्तर्राष्ट्रिय सञ्चार शाखाका सदस्यसमेत हुनुहन्छ । डा मल्ल अहिले स्नातकोत्तर तहमा नेत्र विज्ञान विषय अध्ययनरत हुनुहुन्छ ।

मल्लका आमा चिकित्सक सुशीला मल्लले छोराले पाएको अवार्डले अन्य नेपाली विद्यार्थीलाई समेत प्रेरणा दिने बताउनुभयो । उक्त अवार्ड पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट हुने विद्यार्थीलाई प्रदान गरिन्छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV