२५ जेष्ठ २०७३, मंगलवार

पोखरा, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट लिएर एमाले जनताको माझमा जाने बताउनुभएको छ ।

कम्युनिष्ट आन्दोलनका अग्रज योद्धा बलराम उपाध्यायको १२ औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित प्रवचनलाई सम्बोधन गर्दै उहाँले आव २०७३÷७४ को बजेटले नयाँ नेपाल निर्माणको खाका तयार गर्ने दाबी गर्नुभयो ।

अहिलेको गठबन्धन टुट्न नदिन एमाले नेतृत्व अघि बढेको बताउँदै उहाँले साझा सहमति र एकता गर्न पार्टी कटिबद्ध भएको विचार व्यक्त गर्नुभयो ।

एमालेका नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले स्व उपाध्याय सरल र गहन विचारका धनी हुनुहुन्थ्यो भन्नुभयो ।

एमाले पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिनाले एमालेको अगुवाइमा संविधान कार्यान्वयन गरी देशलाई समृद्ध बनाउने काममा अघि बढ्न सबै पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । रासस

 

LIVE TV