
मंगलवार अघिल्लो दिनकै मूल्यमा सुनचाँदीको कारोबार भएको छ ।
आइतबार एकै दिन १ हजार रुपैयाँले महँगिएको सुन त्यसयता स्थिरजस्तै रहेको हो ।
मंगलवार तेजावी सुन प्रतितोला ५४ हजार ९ सय ५० रुपैयाँमा कारोवार भएको छ ।
मंगलवार चाँद्रीको भाउ पनि स्थिर रहेको छ । चाँदीको ७ सय ५५ रुपैयाँमा कारोवार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोवार भएको छ ।