२५ जेष्ठ २०७३, मंगलवार

nepse h1

मंगलवार नेप्से परिसूचक  १४ दशमलव ६९ अंकले बढेर १ हजार ५ सय ३१ दशमलव ४९ अंकमा कायम भएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

मंगलवार दिनभरिमा १ सय ३३ वटा कम्पनिको १६ लाख ६० हजार ९ सय ६७ कित्ता शेयर ५ हजार ५ सय ९८ पटक खरिदविक्रि हुँदा १ अर्ब १४ करोड ५५ लाख ७५ हजार ४ सय १५ रुपैँयाको कारोबार भएको हो ।

कारोबार रकम सोमबारको तुलनामा थोरै कम हो । सोमबार १५ करोडमाथिको कारोबार भएको थियो । बिमा, वाणिज्य बैंक र विकास बैंक समूहले बजार बढाएका छन् ।

सबैभन्दा धेरै बिमा समूह ८८.९३ अंकले बढेको छ भने वाणिज्य बैंक र विकास बैंक क्रमशः १६.९७ र १०.८७ अंकले बढेका छन् । फाइनान्स र अन्य समूह क्रमशः ४.९२ र ५.८८ अंकले बढ्दा होटल र जलविद्युत् क्रमशः ३२.९४ र १४.२८ अंकले घटेका छन् । उत्पादनमूलक समूह भने स्थिर रहेको छ ।

 

LIVE TV