२५ जेष्ठ २०७३, मंगलवार

काठमाडौँ- वरिष्ठ संगीतकार अम्बर गुरुङको हिन्दु–बौद्ध परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नौ लाख तारा उदाए………..बाट गायन तथा सांगीतिक यात्रा थालेका गुरुङको निधनसँगै नेपाली संगीतक्षेत्रको एउटा चम्किलो तारा सदाका लागि अस्ताएको छ ।

उनलाई उपप्रधान तथा रक्षामन्त्री भीम रावलले राष्ट्रिय झन्डा ओढाएर राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । अन्त्येष्टिअघि नेपाली सेनासहितले गुरुङलाई सलामी दिएका थिए ।

दिउँसो तीन बजे कमलादीस्थित प्रज्ञाप्रतिस्थान परिसरबाट नेपाली सेनाको गाडीमा राखेर काठमाडौंको विभिन्न ठाउँ हुँदै गुरुङको पार्थिव शरीर पशुपतिनाथको आर्यघाट पुर्याइएको थियो।

उनको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि नेपाल सरकारका मन्त्रीहरु, कलाकार, साहित्यकार, चित्रकार लगायत सर्वसाधारणको बाक्लो उपस्थिति थियो। पशुपति आर्यघाटमा पनि सरकारका उच्च पदस्थ अधिकारी, संगीत प्रेमी, गीत संगीतकर्मी र हजारौं सर्वसाधरणको भींड लागेको थियो ।

विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा उहाँको जन्म भएको थियो । प्रवासमा जन्मेर नेपाल आई उनले नेपाली गीतसङ्गीतमा योगदान गरे । उनले पहिलो गीत ‘नौलाख तारा उदाए ।’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो । विसं २०२४ मा नेपाल आउनुभएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गरेका थिए ।

LIVE TV