२५ जेष्ठ २०७३, मंगलवार

गतबर्ष रीलीजमा आएर बक्स अफिसमा रेकर्ड रोख्न सफल फिल्म प्रेमगीतको सिक्वेल फिल्म बन्ने पक्का भएको छ । तेसोत फिल्म ईन्डट्रिमा सिक्वेलको लहर निकै नै चलिरहेको छ । प्रेमगीत फिल्मका निर्माता सन्तोस सेनले सोसल मिडीया फेसबुक मार्फत उक्त कुरा सार्वजनीक गरेका हुन् । निर्माता सेनले फेसबुकमा बन्न लागेको सिक्वेल फिल्म प्रेमगीत २ को दुई वटा पोष्टर पनि पोष्ट गरेका छन् ।

13384895_10208131001464362_1797151444_n
उक्त फिल्मको कलाकारहरु भने फाईनल गरीएको छैन । पहिलेकै कलाकारहरुमा प्रदिप भने सिक्वेल फिल्मको लागी पनि पक्का जस्तै छन्, भने अन्य कलाकार तथा निर्देशकका फाईनल गरीएको छैन् । सिक्वेल उक्त फिल्मको औपचारीक घोषणा भने फिल्मका निर्माता सन्तोष सेनले केही समय पछि गर्ने बताएका छन् ।
आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुने उक्त सिक्वेल फिल्ममा सन्तोष सेनको लगानी हुनेछ । अहिले उक्त फिल्मको नायिकाको खोजी भईरहेको छ, भने फिल्म यसै बर्ष रीलीजमा आउन सक्ने देखिन्छ ।

13401411_10208131001504363_305837718_n

प्रतिक्रिया दिनुहोस्
LIVE TV