२५ जेष्ठ २०७३, मंगलवार

jail

बनेपा, जबर्जस्ती करणीको मुद्दामा कैद सजाय पाएका एक कैदीको काभ्रेपलाञ्चोकमा मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको माङ्खा गाविस– ७ का ७४ वर्षीय कालीप्रसाद पराजुली दमलगायत विभिन्न रोगले ग्रसित भएको र उनको धुलिखेल अस्पतालमा उपचार गराउँदा गराउँदै आइतबार मृत्यु भएको जिल्ला कारागार कार्यालय, धुलिखेलका जेलर महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा सात वर्ष कैद फैसला सुनाएकामा उनी एक वर्षदेखि जिल्ला कारागार धुलिखेलमा सजाय काटिरहेका थिए ।

भूकम्पका कारण सिन्धुपाल्चोकमा कारागार भत्केपछि अधिकांश कैदी र बन्दी जिल्ला कारागार धुलिखेलमा बस्दै आएका छन् ।
रासस

 

LIVE TV