२५ जेष्ठ २०७३, मंगलवार

आफैंलाई इस्लामिक स्टेट दाबी गर्दै आईरहेका चरमपन्थीहरुले फालुजाबाट भाग्दै गरेका नागरिकको हत्या गर्ने गरेको खुलासा भएको छ ।

नर्वे रिम्फ्युजी काउन्सिल एनआरसीले फालुजाबाट भाग्दै गरेका परिवारसँगको कुराकानीमा हत्याको रहस्य पत्ता लगाएको हो । चरमपन्थीहरुले नदी पार गर्न कोशिस गर्ने नागरिकको गोली हानेर हत्या गर्ने गरेका छन् ।

फालुजाको छेऊमा शरणार्थी क्याम्प चलाई रहेको एनआरसीले सहरमा अब ५० हजार मात्र बाँकी रहेको जनाएको छ । जबकि सन् २०१४सम्म सहरमा तीन लाख भन्दा बढी मानिसको बसोबास थियो ।

इराकी सेनाले गत महिना यता फालुजा सहरलाई आइएसको कब्जाबाट मुक्त गर्न निरन्तर आक्रमण गरिरहेको छ । फालुजा इराकको राजधान बग्दादीबाट ५० किलोमिटरको दूरीमा छ र यो सहर सन् २०१४ यता आइएसको कब्जामा छ । यो आइएसले इराकमा कब्जा गरेका दुई गढ मध्ये एक हो ।

फालुजालाई मस्जिदको सहर पनि भनिन्छ । यहाँ २ सय भन्दा बढी मस्जिद छन् । इराकमा एनआरसीका निर्देशक नसर मुफलाहीले सुरक्षाका लागि सहर छाड्न लागेका नागरिकलाई आइएस लडाकुले निशाना बनाउने गरेको बताए । इराकी सेनाले फालुजालाई चारैतिरबाट घेरेको दाबी गरेपनि पश्चिमी इलाका अझै नियन्त्रण बाहिर छ ।

एपीले बताए अनुसार अमेरिकी आक्रमणको मद्धतले इराकी सेनाले नेमियाह जिल्लामा कब्जा गरेको छ । इराकका प्रधानमन्त्री हैदर अल आब्दीले फालुजामा निर्दोष नागरिक मार्न थालेको समाचार आए लगत्तै इराकी सेनाले हमलामा कमी गर्न थालेको छ ।

 

LIVE TV