२५ जेष्ठ २०७३, मंगलवार

संगीतकार अम्बर गुरुङलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा गुरूङलाई राष्ट्रिय सम्मान दिन लागिएको हो ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलको प्रस्ताव गर्नुभएको थियो । गुरूङलाई नेपाल प्रहरी र सैनिक टुकडीले सलामी दिने मन्त्री पोखरेलले बताउनुभयो ।

राष्ट्रिय गानका संगीतकार ७९ वर्षका गुरुङको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको हो ।

बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि संगीतकार गुरुङको शवलाई प्रतिष्ठानमा राखिएको हो । शव यात्रासहित आज नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने छ ।

दार्जिलिङको लालढिकीमा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट वि.सं १९९४ मा गुरुङको जन्म भएको थियो । गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो । गुरुङले करिव एक हजार गीतमा संगीत दिनुभएको छ ।

LIVE TV