२५ जेष्ठ २०७३, मंगलवार

बरीष्ठ संगितकार अम्बर गुरुङ २०७३ जेष्ठ पच्चीस गते बिहान २.३७ मा हामी बाट सदाको लागि बिदा भयर गइ सकेका छन ।पुरखौलि घर गोरखा भए पनि अभिभाबक सेनामा जागिरे भए संगै दार्जिलिङमै जन्मेर हुर्केका अम्बर गुरुङ राजा महेन्द्रको निम्तोमा नेपाल आयर सांगितिक क्षेत्रलाइ कर्म थलो बनायर संगित कर्ममा सव्रmीय रहदै आएका हुन ।संगितकार अम्मर गुरुङले गायन,लेखन र संगित सृजनामा सव्रmीय रहेपनि संगित कर्म बाट उनको बिशिष्ट पहीचान बन्यो ।

vlcsnap-2016-06-07-12h04m03s730

बर्तमान समयको हाम्रो राष्ट्रीय गान सयौ थुङ्गा फुलका हामी,रातो र चन्द्र सुर्य नेपाल आमा कही छ जस्ता राष्ट्रीय भाबना बोकेका गितमा संगित दिनुका साथै आधुनिक र फिल्मको गितमा समेत गुरुङले संगित सृजना गरेका थिए ।फिल्म जिबन रेखा र मनको बाँधमा पाश्र्व संगित भर्नुका साथै तत्कालिन समयका कुन्जनी,मुना मदन जस्ता गिती नाटकहरुमा पनि संगित दिएका थिए ।संगित कर्मलाइ नै आफनो जिबन ठान्दै आएका अम्बर गुरुङ प्रज्ञा प्रतिष्ठानमा पनि प्राज्ञको रुपमा सव्रmीय थिए भने उनि संगित तथा नाट्य प्रतिष्ठानको पहीलो उप कुल पति पनि हुन ।७९ बर्षको उमेरमा उनको भौतिक शरीर नष्ट भएपनि उनका कालजयि संगित मार्फत उनि बाँचिरहने छन ।राष्ट्रीय गानको धुनमा उनि गुन्जी रहने छन ।

LIVE TV