२५ जेष्ठ २०७३, मंगलवार

राष्ट्रिय गानको संगीतकार अम्बर गुरुङको पार्थीव शरिरलाई श्रद्धान्जलीका लागि प्रज्ञाभवन कमलादीमा राखिने भएको छ । बरीष्ठ संगीतकार गुरुङको शवलाई ११ वजेबाट ३ बजेसम्म प्रज्ञामा राखीने भएको छ । त्यसपछि संगीतकार गुरुङको आजै पशुपतिमा अन्तिम संस्कार पनि गरिने भएकोछ ।

Amber-Gurung
बरीष्ठ संगीतकार गुरुङको ७९ वर्षको उमेरमा आज बिहान २ बजेर ३७ मिनेटमा ग्रान्डी अस्पतालमा निधन भएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव, युजीआइ ब्लिडिङ, पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई ग्राण्डि अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV