२५ जेष्ठ २०७३, मंगलवार

1450079401058_PP-Gorkha-bhukampa-pidit-e1450080522359धुन्चे (रसुवा) । पुख्र्यौली थलो चिरिएपछि अन्यन्त्र आश्रय लिइरहेका भूकम्पपीडितको बसोबास सहज बनाउन सहयोगी हात अगाडि बढ्न थालेका छन् ।

वृद्धिम गाविस–१ निवासी काले तामाङले सोही क्षेत्रका घ्याल्साङ तामाङलाई चार आना तथा कार्मु तामाङ र पेम्बाछेवा तामाङ्नीलाई आठ आठ आनाका दरले सुरक्षित घडेरी स्वामित्वसहित निःशुल्क प्रदान गरेको लाभग्राहीले बताएका छन् ।

यही जेठ १८ गते डाँडागाउँ गाविस–१ निवासी भरत भनिने पितनाथ रैलाले सोही गाविस–९ का भूकम्पपीडित पूर्णबहादुर तामाङलाई छ आना जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV