
एमालेले प्रदेश संगठन कमिटी गठनको गृहकार्य गालेको छ ।
तर संयोजक र त्यसका रहेको सदस्यका विषयमा संस्थापन र नेता माधव लनेपाल पक्षबीच विवाद भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको स्थायी समिति बैठकमा प्रदेश कमिटी छि६टै गठन गर्ने गरी संयोजक र सदस्यबारे छलफल भएको हो ।
पदाधिकारी वा स्थायी समिति सदस्यमध्येबाट संयोजक बनाउनुपर्ने दुवैखाले विचार आएकाले सबै पक्षको सुझवका आधारमा टुंगोमा पुग्नेगरी गृहकार्य सुरु भएको एमालेले जनाएको छ ।
संयोजक तोक्ने विषयमा विवाद भएपछि बैठकले तीन दिनभित्र नामसहितको प्रस्ताव तयार गर्न संगठन विभागलाई जिम्मा दिएको छ ।
यसअघि ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकले संघीय ढाँचाअनुसार प्रदेश कमिटी बनाउने निर्णय गरेको थियो ।
स्वरुपका विाष्मा गृहकार्य गर्ने जिम्म भने स्थायी समितिलाई दिएको थियो ।