२४ जेष्ठ २०७३, सोमबार

फिल्म ‘म त तिम्रै हुँ’को अफिसियल टिजर र अडियो रीलीज भएको छ । राजधानीमा आयोजीत एक पत्रकार सम्मेलनमा फिल्म ‘म त तिम्रै हुँ’को निर्माण पक्षले टिजर तथा अडियो सार्वजनीक गरेका हुन् । फिल्मलाई अनमोल क्रियशन प्रा.लि.को ब्यानरमा अनमोल के.सि. र सुवास थापाले निर्माण गरेका हुन् । निर्देशकको रुपमा श्रीराम महत रहेका छन् ।

vlcsnap-2016-06-06-17h11m26s332
फिल्मको कथा तथा कन्सेप्ट नायिका तथा निर्मात्री सुस्मीता केसिको रहेको छ । फिल्मको संगीत हर्कुलस बस्नेतले दिएका हुन् । फिल्ममा द्धन्द निर्देशन हिमाल केसिको रहेको छ । कबिराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । त्यस्तै उक्त फिल्मलाई बनिश शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।
रीलीज गरीएको अफिसियिल टिजरले नयाँ पुस्ताको प्रेमकथालाई पर्दामा प्रस्तुत गरेको छ । बास्तबमा भन्नु पर्दा फिल्म योङ्ग जेनेरेशनलाई ध्यानमा राखेर निर्माण भएको छ । चर्चीत नायिका सुस्मीता केसि पनि यसै फिल्म ‘म त तिम्रै हुँ’ मार्फत पुनः फिल्म क्षेत्र मा कमब्याक गरेकी छिन् । उक्त फिल्मको स्टोरी तथा कन्सेप्ट पनि नायिका सुस्मिता आफैले लेखेकी हुन् ।
फिल्मको टिजर सार्वजनीक कार्यक्रममा उपस्थित नायिका तथा निर्मात्री सुस्मिता केसि आफुले निर्माण गरेकी फिल्मलाई पहिले जस्तै दर्शकहरुले मन पराईदिनेमा ढुक्क छिन् । साथै उनले फिल्मका सम्पुर्ण युनिटलाई धन्यावाद दिदै फिल्म राम्रो भएको पनि बताईन् ।
vlcsnap-2016-06-06-17h12m13s898
फिल्मका निर्माताको रुपमा रहेका नायक अनमोल केसि भने उक्त कार्यक्रममा उपस्थित भएनन् । तर फिल्मका अन्य युनिट सबै उपस्थीत भएका थिए । उनिहरुलाई बाक्लो पत्रकारहरुले साथ दिएका थिए । उपस्थित फिल्मका लीड कलाकारहरु आकाश श्रेष्ठ र ज्योत्स्ना योगीले पनि आ आफना भनाईहरु राखे । साथै उपस्थित कार्यक्रमका अतिथीहरुले पनि नायिका सुस्मिता केसिको कामको तारीफ गर्दै उक्त फिल्मको सफलताको शुभकामना पनि दिए ।
vlcsnap-2016-06-06-17h12m48s566
नयाँ पुस्ताको लभस्टोरीमा आधारीत रहेको ‘म त तिम्रै हुँ’ फिल्म यहि साउनको ७ गते बाट दर्शक माझ हलमा प्रदर्शनमा आउँदैछ । फिल्ममा सुस्मिता केसि,आकाश श्रेष्ठ र जोत्स्ना योगीले मुख्य भुमिकामा अभिनय गरेका छन् । यसै फिल्म ‘म त तिम्रै हुँ’बाट दुई कलाकारहरु आकाश श्रेष्ठ र ज्योत्स्ना योगीले पनि फिल्मी करीयर सुरु गरेका छन् । कार्यक्रममा देखाईएको टिजर तथा भिडियो हेरेपछि अतिथीहरुले उनिहरुको कामको तारीफ पनि गरे ।

vlcsnap-2016-06-06-17h11m41s349

vlcsnap-2016-06-06-17h27m09s256

प्रतिक्रिया दिनुहोस्
LIVE TV