
पथरी (मोरङ)। अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार पक्राउ गर्ने सिलसिलामा क्षेत्रीय अनुसन्धान समूहले लागुऔषध मुद्दामा फरार मोरङ विराटनगर–७ का प्रदीप कुर्मीलाई पक्राउ गरी आइतबार बेलुका जेल पठाएको छ ।
कुर्मीमाथि पुनरावेदन अदालत विराटनगरले २०७२ साल असार २ गते लागुऔषध मुद्दामा दुई वर्ष कैद सजाय तथा रु एक लाख जरिवाना फैसला गरेको थियो ।
कुर्मीलाई क्षेत्रीय अनसुन्धान समूहबाट खटिएको टोलीले विशेष सुराकी परिचालन गरी उनको आफ्नै घरबाट पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभयो ।