२४ जेष्ठ २०७३, सोमबार

umlपत्रकारिताका साथै भूगोल र संगठनमा रहेर पार्टीलाई फलाउन/फुलाउन लाग्दै आएका चर्चित एवं क्रियाशिल पत्रकारहरु नेकपा एमालेबाट उपेक्षित भएको महसुस गर्न पुगेका छन् ।

लामो समयदेखि गठन हुन नसकेको प्रचार विभागलाई पूर्णता दिँदा एमालेका वरिष्ठ पत्रकारहरुलाई विभागमा नपारेर पाखा लगाएपछि वरिष्ठ पत्रकारहरु उपेक्षित हुन पुगेको गुनासोहरु सामाजिक संजालमा छरपष्ट छन् ।

एमालेले वास्ता नगरेपछि २ दर्जनभन्दा बढी पत्रकार हिस्स परेका बताइन्छ । एमाले निकट स्रोतका अनुसार, यसरी उमाले प्रचार विभागमा नअटाउनेमा प्रेस चौतारी नेपालका पूर्व–अध्यक्ष, उपाध्यक्ष र पदाधिकारीदेखि लिएर नेपाल पत्रकार महासंघको नेतृत्व सम्हालिरहेका चर्चित अनुहारहरु समेत छन् ।

एमालेको प्चार विभागमा नपरेपछि पत्रकारहरु शम्भु स्ेष्ठ, बालकृष्ण चापागाईं, किशोर श्रेष्ठ, विश्वबनधु भण्डारी, खेम भण्डारी, बद्री विनोद प्रतिक रुष्ट बन्न पुगेको बताइन्छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

LIVE TV