२४ जेष्ठ २०७३, सोमबार

sher-bahadur-deuwaमच्चियो मच्चियो थच्चियो भनेजस्तै भएको छ कांग्रेस सभापति शेरबहादुर देउवाको हालत । पार्टी सभापति पदमा चुनाव जितेपछि देउवाले चमत्कार नै गर्छन् भनिठान्नेहरु अहिले हिस्स परेका छन् ।

कांग्रेसभित्र भन्न थालिएको छ– सुशील कोइरालाभन्दा डाइनामिक भनिएका देउवा झन लुते रहेछन् । देउवालाई अब पार्टीभित्रको प्रतिपक्षी रामचन्द्रको समूहले मात्रै होइन, आफ्नै समूहभित्रबाट पनि प्रहार सुरु भएको छ । २०७२ फागुन २० गतेबाट भनिएको १३ औं महाधिवेशन सम्पन्न १०० दिन पुरा हुनै लाग्दा पनि उनले पदाधिकारी चयन गर्न सकेका छैनन् ।

उनलाई खुमबहादुर खड्काले उपसभापति बनाउनुप¥यो भन्दै आच्छुआच्छु पारिरहेका छन् । खुमबहादुरलाई उपसभापति बनाउन हुन्न भन्ने जमातले पनि देउवाको खोइरो खन्न थालेका छन् । आजको साँघु साप्तासिहकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV