२४ जेष्ठ २०७३, सोमबार

gas_blast_904606338पाटनमा दुई जनाको मृत्यु हुने गरी बिस्फोट भएको एचपी ब्रान्डको सिलिन्डरको अध्ययन रिपोर्ट दुई साता बितिसक्दा पनि सार्वजनिक भएको छैन ।

दुई साताअघि वाणिज्य विभागले विस्तृत अध्ययनका लागि गुणस्तर तथा नापतौल विभागमा पठाएको थियो ।

रिपोर्ट सार्वजनिक भए हिमालय पेट्रोकेमिकल्स कम्पनीसँगै विभागका सरकारी कर्मचारी पनि सजायका भागिदार हुने देखिएपछि रिपोर्ट सार्वजनिक गर्न ढिलाई भइरहेको आरोप लागेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

LIVE TV