२४ जेष्ठ २०७३, सोमबार

Thagiलामाको भेषमा आई फिदिमबाट १८ लाखभन्दा बढी रकम ठगी गरेर भागेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको कालिम्पोङ घर भएका ४१ वर्षीय तेन्जिङ छिरिङ भुटियालाई तनहुँको बन्दीपुरबाट पक्राउ गरिएको पाँचथर जिल्ला प्रहरीले जनाएको छ । बुधबार पक्राउ परेका अभियुक्त भुटियालाई जिल्ला प्रहरी कार्यालयमा आइतबार सार्वजनिक गरिएको हो ।

जेठ ४ गते फिदिम आएका उनले आफूलाई अवतरी लामाका रुपमा चिनाउँदै काठमाडौंको बौद्वमा घर भएको बताएका थिए । २०७१ वैशाख १२ गतेको भूकम्पले कारागार भत्किएपछि उनी फरार रहेको पाइएको प्रहरीले जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV