२३ जेष्ठ २०७३, आईतवार

परराष्ट्र मन्त्रालयले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास विमस्टेक को चौथो शिखर सम्मेलन नेपालमा हुने बताएको छ ।

एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपालमा आयोजना गरिने विमस्टेकको चौथो शिखर सम्मेलनका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट हालै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको  बताएको छ ।

सन् २०१४ मार्चमा म्यानमारको ने पि तोमा सम्पन्न तेस्रो शिखर सम्मेलन पश्चात नेपालले विमस्टेकको अध्यक्षता ग्रहण गरेको र अध्यक्ष राष्ट्रका हैसियतले आगामी चौथो शिखर सम्मेलनको आयोजना नेपालले गर्ने विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा नेपाल सरकार उक्त शिखर सम्मेलन समयमै सम्पन्न गर्न प्रतिवद्ब एवं सक्षम रहेको उल्लेख गर्दै सदस्य राष्ट्रहरुसँग परामर्श गरी शिखर सम्मेलनको मिति घोषणा गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV