२३ जेष्ठ २०७३, आईतवार

punanerman pradhikaran

प्रधानमन्त्रीले चाहेको गतिमा पुनर्निर्माणको काम अगाडि वढाउन नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकार गरेको छ ।

तर प्राधिकरणले आफ्नो कामलाई तीव्रताका साथ नै अगाडि वढाईरहेको पनि स्पष्ट पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय प्राधिकरणले काम कारवाहीप्रति असन्तुष्ट रहँदै आउँनुभएको समयमा  प्राधिकरणको यो भनाई आएको हो ।

वर्षायाम सुरु हुन लाग्दा समेत सामुहिक आवास वन्न नसक्नु, भुकम्प पीडितले पाउनुपर्ने पहिलो किस्ताको रकम अझैसम्म पनि नपाइरहेको लगायतका विषयमा प्रधानमन्त्री ओलीले असन्तुष्ट रहँदै आउँनुभएको छ ।

तर सामुहिक आवासको कामलाई तीव्रताका साथ अगाडि वढाईरहेको प्राधिकरणले जनाएको छ । जसअन्र्तगत नेपाली सेनाले विभिन्न जिल्लामा ९० वटा सामुहिक आवासको निर्माण असार १० गतेसम्म सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाइरहेको बताइएको छ ।

यस्तै शहरी विकास मन्त्रालयले पनि ३९ वटा सामुहिक आवास निर्माणको.काम असार १५ गतेसम्म सक्ने गरि अगाडि वढाईरहेको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैंकहरुसँगको सम्झौता भएसँगै आवास निर्माणको लागि पहिलो किस्ताको रकम वितरणको कामलाई समेत तिव्रता दिइरहेको वताएको छ ।

 

LIVE TV