२३ जेष्ठ २०७३, आईतवार

SLC

व्यवस्थापिका संसदले बहुप्रतिक्षित शिक्षा ऐन २०२८ को आठौ संशोधन सहित विधेयक पारित गरेको छ ।

विधेयक पारित भएसंगै अस्थायी शिक्षकहरुको व्यवस्थापनको चुनौती थपिएको छ भने १२ कक्षासम्मलाई विद्यालय तह बनाइएको छ । यो सँगै अव नेपालको शैक्षिक स्तर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी हुने सरकारको दावी छ ।

संसदवाट पारित शिक्षा ऐन राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि कानूनका रुपमा कार्यान्वयनमा आउने छ । लामो समयसम्म अस्थायी सेवा गरेका शिक्षकहरूले पनि आकर्षक सुविधासहित बिदा हुने विकल्प पाएका छन् ।

विद्येयक कार्यान्वयनमा आएपछि कक्षा ८ सम्म आधारभूत शिक्षा र कक्षा ९ देखि १२ लाई माध्यमिक शिक्षा हुने छ । कक्षा १० को अन्तिममा हुदै आएको प्रवेशिका  परीक्षाको पनि अन्त्य हुने र १२ कक्षाको अन्तिममा मात्रै अहिलेको एसएलसीजस्तो अर्को परीक्षा हुनेछ  ।

साथै राष्ट्रिय परीक्षा बोर्ड हुने र  बोर्डले कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा सञ्चालन गर्ने शिक्षा ऐनमा व्यवस्था रहेको छ ।  शिक्षा मन्त्री गिरिराजमणि पोखरेल यो ऐनलाई जसरी पनि कार्यान्वयन गरेरै छोडनेमा विश्वस्त हुनुहुन्छ ।

शिक्षा ऐन ढिलो गरि पारित भए पनि यसले अस्थाई शिक्षक र विद्यालय शिक्षा १२ कक्षासम्म हुनु अति राम्रो भएको शिक्षा विदहरु वताउँछन । नीतिले मात्र नपुग्ने शिक्षा क्षेत्रमा बजेट पनि वृद्धि गर्नुपर्ने उनीहरुको राय छ ।

हाल देशभर १७ हजार भन्दा वढि अस्थाई शिक्षक कार्यरत छन र उनीहरुको वर्षौदेखिको माग  अव पुरा हुने प्रक्रियामा अगाडी वढेको छ । सरकारले संसदवाट ऐन पारित गरेसँगै अव कार्यविधी वनाउन कर्मचारीहरु खटनु जरुरी छ । कार्यविधी वनी कार्यान्वयनमा आएमा २०७६ पछि मुलुकभर स्थायी शिक्षक मात्र रहने शिक्षा मन्त्रालयको दावी छ ।

 

LIVE TV