२३ जेष्ठ २०७३, आईतवार

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको राग पुनः दोहोर्याउनु भएको छ ।

उँहाले पुननिर्माण, मधेश समस्या, संविधान कार्यन्वयन र आर्थिक समृद्धिका लागि राष्ट्रिय एकताको अत्यन्त खाँचो भएको दोहोर्याउनुभएको हो ।

काठमाण्डौमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको दोस्रो महाधिबेशनको उदघाटन गर्दै अध्यक्ष दाहालले संविधान कार्यन्वयन तथा आर्थिक समृद्धिका लागि सम्पुर्ण दलहरु एक ठाँउमा आउनुपर्ने बताउनुभएको हो ।

उँहाले सशस्त्र युद्धका उद्धेश्य आर्थिक क्रान्ति भएको दावी पनि गर्नुभयो । उहाँले देशलाई समृद्धितर्फ लैजान १० वटा माओबादीहरु एकजुट भएको बताउनुभयो । अव माओवादीलाई  पहिले झै छापामार शैलीमा अघि बढ्न आवश्यक नरहेको उहाँले प्रष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले नेपालका राजनीतिक दलहरुले आत्मसम्मान हुने र नेपाली हुनुमा गर्व गर्न सक्ने स्थिति निर्माण गरेको दावी पनि गर्नुभयो । उहाँले अझै केही वर्ष सबै राजनीतिक दल एकताबद्ध भए देशले आर्थिक प्रगति हाँसिल गर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले लुम्बिनी, जनकपुरजस्ता धार्मिक पर्यटन, कृषि तथा जलश्रोत नेपालको मूल आधार भएको बताउनुभो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV