
साताको पहिलो दिन आइतवार सुन प्रतितोला १ हजारले बढेको छ ।
आइतवार सुन तोलाको ५५ हजार ३ सय मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रवार तोलाको ५४ हजार ३ सयमा कारोवार भएको थियो ।
आइतवार तेजावी सुन प्रतितोला ५५ हजार ५० रुपैयाँमा कारोवार भएको छ ।
डलरका उत्तारचढावका कारण नेपाली बजारमा सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायीमहासंघले जानकारी दिएको छ । शुक्रवार ७ सय ४५ मा किनबेच भएको सुन आइतवार बढेर ७ सय ५५ पुगेको हो ।