२३ जेष्ठ २०७३, आईतवार

swo

गित संगितमा नरमाउने संसारमा को नै होला न र ।अझ त्यसमा पनि गजलको सांगितिक क्षेत्रमा बेग्लै छाप रहदै आएको छ ।

केही गजल गितहरु पहील्यै गाएको भए पनि एकल गजल एल्बम निकालेर बिश्व किर्तिमान राख्ने चाहनामा गायक सत्य राज आचार्य लागेका छन ।

न्युज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रम ६ प्रस्नको अन्तरबार्ताको क्रममा सत्यले संसार भर गजलको भिन्न भिन्न बिधामा भिन्न मानिसको योगदान रहेको पाइकाले उनको एल्बम मधुशालामा उनकै शब्द,संगित र स्वर भएकोले बिस्व रेकर्ड राख्न सक्ने आशा उनले ब्यक्त गरे ।

एल्बमको तयारी संगै बिश्व रेकर्डको तयारी पनि भइरहेको उनले जानकारी गराए ।भजन शिरोमणी भक्त राज आचार्यका छोरा सत्य राज आचार्यले भक्त राज आचार्यकै जिबनीमा आधारीत फिल्म आचार्यमा भक्त राज आचार्यको भुमीकामा अभिनय पनि गरेका थिए ।

त्यस पछि कर्कश फिल्ममा देखीएका उनले अभिनयमा पनि चाख भएकाले फिल्मको तयारी पनि भइरहेको अन्तरबार्ताको क्रममा खुलाए ।

LIVE TV