२३ जेष्ठ २०७३, आईतवार

तुलसीपुर (दाङ),  । दाङमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।

chatyanga
इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मानपुर गाविस–३ मज्गै निवासी ५५ वर्षीया मनकुमारी कुमाल रहेकी छन् । शनिबार साँझ मानपुरको वैशपुर भन्ने स्थानमा गाई चराउँदै गरेकी कुमाललाई चट्याङ लागेको थियो ।

चट्याङबाट घाइते भएकी कुमालको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रासस

LIVE TV