२३ जेष्ठ २०७३, आईतवार

अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा पेरुले विजयी सुरुवात गरेको छ । आइतबार बिहान वासिङटनमा भएको खेलमा पेरुले हाइटीलाई १–० ले हराएको हो ।

copa-america-tv-schedule
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको पेरुको जितमा ६१ औं मिनेटमा पाओलो गुरेरोले गरेको गोल नै निर्णायक बन्यो । समूह बीमा रहेको पेरुले जितसँगै तीन अंक जोडेको छ । ३२ वर्षका गुरेरे पेरुका लागि राष्ट्रिय टिमबाट सर्वाधि गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् । उनले अहिलेसम्म राष्ट्रिय टिमबाट २७ गोल गरेका छन् । गुरेरोले टिओफिलो क्युबिलासले २६ गोल गरेर बनाएको सर्वाधिक गोलकर्ताको कीर्तिमान भंग गरेका हुन् । खेल अवधि भर पेरुले राम्रो प्रदर्शन ग¥यो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV