२३ जेष्ठ २०७३, आईतवार

सहमतिमा आउन सबै दललाई एमालेको आहृवान, मुलुकलाई अग्रगति दिन र स्वाधिनताका लागि राष्ट्रिय सहमति आवश्यक रहेको स्थायी समितिको निष्कर्ष ।

सत्तारुढ नेकपा एमालेले राष्ट्रिय सहमतिमा आउन सबै दललाई आहृवान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको एमाले स्थायी कमिटीको बैठकले संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति आवश्यक भएको निष्कर्ष निकालेको हो ।

timthumb (1)
एमाले स्थायी समिति बैठकले मुलुकलाई अग्रगति दिन र राष्ट्रिय हित र स्वाधिनताका लागि राष्ट्रिय सहमति आवश्वयक रहेको दावी गरेको छ । बैठकले राष्ट्रिय सहमतिमा आउन सबै दललाई पुन आहृवान गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम र बजेट जनमुखी भएको ठहर गरेको छ । त्यसबारे जनस्तरमा सुसुचित गर्न देशब्यापी कार्यक्रम नै सञ्चालन गर्ने एमालेको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV