२३ जेष्ठ २०७३, आईतवार

 

काठमाडौं–अमेरिकी विदेश मन्त्रालयले नेपाल कमजोर सुरक्षा प्रणालीका कारण अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुको क्रिडास्थल बन्न सक्ने चेतावनी दिएको छ ।

विश्वका विभिन्न मुलुकमा भइरहेको आतंकवादी समस्याका सम्बन्धमा शुक्रवार सार्वजनिक गरिएको रिपोर्टमा अमेरिकी विदेश मन्त्रालयले भनेको छ–‘भारतसँगको खुला सिमाना र काठमाडौंमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा प्रणालीका कारण नेपालमा आतंकबादीहरुको क्रिडास्थल बन्न सक्छ।

रिपोर्टमा भनिएको छ–अन्तर्राष्ट्रिय आतंकवादी संगठनले नेपालको कमजोर सुरक्षा प्रणालीबाट फाइदा उठाएर उनीहरुले नेपाललाई ट्रान्जिट प्वाइन्ट मात्र नबनाई क्रिडास्थल नै बनाउने खतरा बढेर गएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV